१२ वर्षकी बालिका चन्द्रकला विकले गस्तीमा रहेका नेपाली सेनाको सशस्त्र टोलीलाई गोली हानेर आक्रमण गरेछन्। सेनाको टोलीले चेतावनी दिएको थियो रे। तर चेतावनीलाई पनि बेवास्ता गर्दै ती बालिकासहित ३३ बर्षिया अमृता विक र ३५ बर्षिया देवीसरा विकले सशस्त्र टोलीमाथि गोली हानेछन्।
एक बालिकासहित तीन महिला हिजो बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी इलाकामा सेनाको गोलीबाट मारिएका थिए। किन मारियो भन्ने कारणका रुपमा आज सेनाले निकालेको वक्तव्यमा यस्तो दावी गरिएको छ। सुन्दा अचम्म लाग्छ, १२ वर्षकी बालिकासहितका महिला, जसलाई सेनाको वक्तव्यमा शिकारीहरु भनिएको छ, ले सशस्त्र सेनालाई गोली हान्न सक्यो होला र? अझ सेनाको चेतावनीलाई बेवास्ता गरी सेनालाई गोली हान्यो होला र?
त्यसमाथि बर्दिया राष्ट्रिय निकुञ्ज र स्थानीय सैनिक अधिकारीहरुले कुनै जानकारी नदिई निकुञ्जका सबै अधिकारीको फोन र मोबाइल स्विच अफ गरिएकोले शंका बढाउँछ।
सुन्दा अपत्यारिलो लाग्छ। तर सेनाले भनेपछि त पत्याउनै पर्ने त होला नि। हेरौँ सेनाको वक्तव्य जस्ताको तस्तै-
सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ती
बिज्ञप्ति नं.– ७६
मिति – २०६६ फाल्गुन २७ गते
समय – बेलुकी ९ बजे
नेपाली सेनाको गस्तीसँगको मुडभेडमा तीन शिकारीहरुको मृत्यु
१. हिजो मिति २०६६ फाल्गुन २६ गते राती करिब ८ः३० बजे बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी ईलाकामा नेपाली सेना र वार्डेन कार्यालयको गेम स्काउट सहितको संयुक्त गस्ती टोली र शिकारी बिच भएको मुडभेडमा तीन शिकारीहरुको मृत्यु भएको छ भने एक जना पक्राउ परेको छ।
२. बाँसपानी ईलाकामा शिकारीहरुले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरको आधारमा खट्टिएको गस्ती टोली उक्त बाँसपानी ईलाकामा पुगेपछि शिकारीहरुसँग जम्काभेट भएको र शिकारीहरुलाई गस्ती टोलीले चेतावनी दिँदा समेत उनीहरुले गस्ती टोली माथी फायर गरेपछि आत्मसुरक्षाको लागि प्रतिकारात्मक कारवाही गर्दा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न अन्य चार जना भाग्न सफल भएका थिए भने एक जनालाई गस्ती टोलीले आफ्नो नियन्त्रणमा लिएको थियो।
३. गस्ती टोलीले घटनास्थलबाट भरुवा बन्दुक तीन नाल, गोली चार राउण्ड, बारुद दुई बट्टा, खुकुरी एक वटा, बञ्चरो दुई वटा, पासो एक वटा, नाम्लो छ वटा, छाला काड्न प्रयोग गरिने बासुलो एक वटा समेत बरामद गरेको छ। निज शिकारीहरु बिगत चार दिनदेखी उक्त ईलाकामा क्याम्प खडा गरी बसेको भन्ने जानकारी पक्राउ परेका व्यक्तिको प्रारम्भिक छानबिनबाट जानकारी प्राप्त भएको छ।
४. मृत्यु हुने सबै सुर्खेत जिल्ला हरिहरपुर गा.बि.स., वडा नं. २ का देवीसरा बि.क., अमृता बि.क. र चन्द्रकला बि.क. रहेका छन्। यसै गरी ऐ. निवासी कृष्ण बि.क.लाई पक्राउ गरिएको छ भने ऐ. निवासी रत्न बहादुर बि.क., गिरी उपनाम गरेका व्यक्ति र निजको एक छोरा र एक छोरी रहेका छन्।
५. उक्त घटना सम्वन्धी सरजमिन तथा मुचुल्काको लागि प्रहरीले प्रकृया शुरु गरिसकेको र सो घटना सम्वन्धीमा थप खबरहरु प्राप्त हुनासाथ जानकारी गराइने छ।
Thursday, March 11, 2010
Saturday, December 19, 2009
चढाउँदिन मृतक पत्रकारको सूचीमा मेरो नाम:बाँकी समाचार
‘नो नम्बर’बाट फोन आएको थियो। त्यस्तो फोन कहिलेकाहीँ झुक्किएर टेलिकमबाटै आउँछ र रिसिभ गरेमा मोबाइल बिग्रिन्छ रे भन्ने मेरो बुझाइ थियो। त्यसैले फोन उठाइन। दुई मिनेटको अन्तर थियो होला, फेरि त्यसैबाट फोन आयो। के बिग्रेला र भनेर उठाएँ। ‘हेलो’ नभन्दै गुडमोर्निङको शब्द सुनियो। मोर्निङ, मैले भने, ‘को बोल्नु भयो -’ अनि केटामान्छेको मोटो र खाँदिलो स्वरमा उत्तर आयो ‘किन चाहियो तँलाई – दुनियाँको सिन्दूरको बारे लेख्ने।’ अनि भन्दै गयो, ‘खुब पत्रकार भैया छ नि – सान छ – तीर्थाको सिन्दूरको बारे तँलाई बोल्ने के अधिकार ? आफ्नो सिन्दूरको माया र रहर छ कि छैन ? पठाइदिउँ स्वर्गवास ?’ आदि।
मैले भने, ‘को हो तपाइँ यस्ता कुरा गर्ने रु’ उत्तरमा उसले भन्यो, ‘मलाई चिन्नु पर्या छैन तैंले। कति छ भन्ने लाग्छ जीवनको आयु ?’ तथानाम शब्दहरू। मलाई आर्श्चर्य लाग्यो र रिस पनि उठयो। अलि चर्को स्वरमा भने, ‘तपाइँलाई के अधिकार यस्ता कुरा गर्ने? कमसेकम आफ्नो परिचय त दिनूस्। को हो ? कहाँबाट हो ? कुन निकायबाट बोल्दै हुनुहुन्छ ? केको आधारमा गर्दै हुनुहुन्छ यतिका कुरा ?’
मैले कुराको बिट नमार्दै ऊ बोलिहाल्यो, ‘अझ बढ्ता कुरा गर्ने ? बाँच्ने रहर छ कि छैन ? मृतक पत्रकारको लिस्टमा चढाइदिउँ तेरो नाम ? आइन्दा तँलाई यस्तो प्रशिक्षण दिन नपरोस्। तेरो जीवनको आयु छोट्टिँदै छ। जतिखेर, जहाँ, जे पनि हुनसक्छ। ख्याल गरेस्।’ त्यसपछि फोन कटयो।
यसरी फोन कहिल्यै नआएकाले होला केही पनि सोच्न नसक्ने भएँ। यति बिहानै बाँच्ने दूरी घटेको थ्रेट आएको छ, कसैलाई भनौ भने कुनै प्रमाण छैन। सबै काममा प्रमाण खोज्ने मान्छेले आधारविहीन आफ्नो कुरा कसैलाई भन्दा नपत्याउलान् भन्ने डर। फोन आएको न नम्बर छ, न आवाज रेकर्ड। नभनौँ त भोलि हुने कुनै पनि घटनाको संकेत यो नबन्ला भन्न सकिँदैन। अलमलमा परेँ।
त्यस दिन इद परेकाले र्सार्वजनिक बिदा थियो। सबै कार्यलयहरू बन्द थिए। बजारमा चहलपहल निकै कम थियो। मलाई भने यो फोनले को,किन, कहाँबाट, अब के हुन्छ जस्ता कुराले मनमा बत्ति बालेका थिए। त्यसैले बजारतिर झरेँ। धम्कीको कुरा कसैलाई भन्नु भन्दा पनि नम्बरविहीन फोन किन आउँछ भन्ने कुरा जान्नु थियो मलाई। एकजना साथीलाई सोधेँ। मोबाइलमा नम्बरबिनाको फोन किन आउँछ हँ – उसले भन्यो, ‘सेट बिग्रिएमा त्यसो हुन्छ रे।’ मेरो सेट भेरी नदी तर्दा पानीमा परेको थियो। त्यही सम्झें र ए होला भने तर चित्त बुझेन। फेरि टोपबहादुर खड्कालाई सोधें। उनले यस विषयमा अनविज्ञता प्रकट गरेँ। त्यसै दिन दिउँसो त्यसै गरी फेरि फोन आयो। अनि टेलिकम रुकुमका प्रमुख कृष्ण गौतमलाई सोधें। विदेशबाट आएको नम्बरमा कहिलेकाहीँ यस्तै हुन्छ, उनले भने। टेलिकमले यस्तो हुन्छ भनेपछि एक खालको राहत भयो। त्यसपछि पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष नारायण शाहलाई सबै घटनाबारे जानकारी गराएँ। म पत्रकार महासंघको केन्द्रीय पार्षद् भएकाले पनि होला,यसबारे महासंघको केन्द्रमा जानकारी गराइयो। महासंघ रुकुम, प्रेस चौतारी, प्रेस युनियनले घटनाको निन्दा गर्दै विज्ञप्ति निकाले। रेडियोहरूमा समाचार बजे। त्यसै दिन राति मेरो कोठाको वरिपरि केटाहरू घुमिराखे। कतिपयले मेरो बसाइका बारेमा खोजी गरेको पनि पत्ता लाग्यो।
घटना यतिमात्र हो। घटनास्वरूप र प्रकृतिमा जति सानो छ, त्यो भन्दा कयौं गुणा बढी त्रास हुँदो रहेछ। अनि मैले आफैले आफैंलाई प्रश्न गर्न थालेँ, ‘आखिर किन आयो त यस्तो फोन -’ तीर्थाको सिन्दूरसँग प्रसंग जोडेर मैले एउटा लेख लेखेको याद आयो। कुरा कात्तिक १० गतेको हो। सामुदायिक रेडियो सिस्ने एफएमको उद्घाटनका दिन रुकुम आएका सञ्चारमन्त्री शंकर पोखरेलको विरोधका क्रममा उत्तेजित माओवादी कार्यकर्ताले विद्या भण्डारी र तीर्थाको सिन्दूर खोई भन्ने प्रश्नमा नारा लगाएका थिए। त्यो नारा र विरोध कार्यक्रमको दृश्य त ममात्र होइन, त्यस दिन खलंगा आएका सबैको दिमागी फाइलभित्र कैद होला। विद्या र शंकरको कुरा मेरो विषय बनेन। ०५५ मा मेरै गाविस गरायलामा माओवादीले हत्या गरेका यदु गौतमकी श्रीमती तीर्थाको सिन्दूर कहाँ छ – भनी प्रश्न गर्ने माओवादीको नैतिकता गुमेको जस्तो मलाई भान भयो। मैले त्यही विषयमा लेख्न आवश्यक ठाने र लेखें। रुकुमबाट प्रकाशित हुने जन्तिधारा साप्ताहिकमा प्रकाशित भयो। तीर्थाको पार्टी समर्थकमात्र नभएर सबैबाट लेखको प्रशंसा भयो। मलाई पनि थोरै हौसला मिलेझैं भयो। यो विषय जिल्लाबाहिर पनि पुर्याउन त भन्ने लाग्यो। त्यसपछि त्यही विषयमा नयाँ कोणबाट अर्को एउटा लेख लेखें। मंसिर १३ गते दाङको गणतन्त्र दैनिकमा छापिएछ। गणतन्त्रमा छापिएकै दिन पहिलो प्रतिक्रिया दाङबाट पत्रकार दुर्गालाल केसीले दिएका थिए। यसको पनि धेरैले तारिफ गरे। त्यसै भोलिपल्ट यस्तो ‘थ्रेट’ आयो। हो यो ‘थ्रेट’लाई पनि लेखको प्रतिक्रिया नै मान्नुपर्छ। तर, के विश्वास – ‘थ्रेट’ दिने मान्छे अहिलेसम्म अज्ञात छ भने, भोलि यस्तै हुन्छ भन्ने कस्ले जान्छ र ?
मैले लेखेको लेख न त मेरो विचार हो, न परिकल्पना। त्यो लेख पढ्दा तपाईँ जो कसैलाई पनि रेडियो उद्घाटन कार्यक्रममा आफैं सहभागी भएको झैं लागेको थियो होला। यदि कसैले लेख नाटकीय ढंगले लेखिएको भन्छ भने उक्त लेख पुनः पढ्न अनुरोध गर्छु १० गते खलंगामा गएको जो कसै पनि साक्षी बन्न सक्ने कुरा पनि उल्लेख गर्न चाहन्छु।
त्यस दिन तीर्थालाई भनेको कुरा मलाई चित्त बुझेन र लेखें। त्यो लेख लेखेर न म तीर्थाको सरपुग्नु थियो, न कुनै अवार्ड हात पार्नु। विचार र आस्थाले म पनि कुनै पार्टीलाई माया र समर्थन गरुँला तर कुनै पनि राजनीतिक पार्टीको पदीय जिम्मेवारीमा मेरो नाम भेट्न सकिँदैन। फेरि सामुदायिक रेडियो सिस्नेको म सञ्चालक समितिको मान्छे पनि होइन, न त कर्मचारी। त्यसैले लेखको विषय, शब्द, शैली, सुरु र अन्त्य कस्तो थियो भन्ने मलाई भन्दा बेसी तपाईंहरूलाई थाहा छ। मात्र मलाई आफैंले श्रीमान्को आयु सक्ने अनि श्रीमतीको सिउँदोमा सिन्दूर देख्न चाहनेहरूका आँखामा पट्टी बाँध्नका लागि म ‘तीर्थाको सिन्दूर किन चाहियो माओवादीलाई ?’ भन्ने लेख लेख्न राजी भएँ र लेखें।
सबैको सिर्जना सबैलाई मन नपर्न सक्छ। त्यसैले त सिर्जनशील व्यक्तिका आ-आफ्नै पाठक, श्रोता, दर्शक र र्समर्थक हुन्छन्। मेरो लेखाइ कतिलाई मन पर्यो भन्ने कुराको हिसाबकिताब त मसँगै होला तर मेरा कुनै पनि लेखाइहरू कसैलाई रिझाउन र कसैलाई चिढाउन लेखिएका छैनन्।
म को हुँ भन्ने म राम्रोसँग बुझ्छु। मेरो धर्म, कर्म के हो भन्ने पनि मलाई राम्रोसँग थाहा छ। पत्रकारिता मेरो जीवन्त पेसा हो र नेपाल पत्रकार महासंघले जारी गरेको आचारसंहिताभित्र रहेर काम गर्नु मेरो दायित्व। यसका अलावा मेरा हरेक क्रियाकलापप्रति औंला ठडयाउने त नेपाल सरकारको कानुन छ।
कुनै पनि सञ्चारकर्मीका समाचार, लेख, रचनाप्रति प्रतिक्रिया दिन जो कसैलाई पनि छुट हुन्छ। म पनि तपाईंहरूले दिएका प्रतिक्रियाका आधारमा हिजोका लेखाइहरूको समीक्षा गर्छु आजको लेखाइको विश्लेषण गर्छु जसकारण भविष्यको मेरो लेखाइको संकेत तपाईंहरू गर्न सक्नुहुन्छ। त्यसैले म मेरा हरेक लेखहरूको अन्त्यमा इमेल ठेगाना दिन कहिल्यै भुल्दिन। म चाहन्छु मेरो लेखाइको जस्ताको तस्तै प्रतिक्रिया आओस् र मलाई लेखाइमा परिमार्जन गर्न टेवा मिलोस्।
तीर्थाको सिन्दूरको विषयमा लेखिएको मात्र होइन, मैले लेखेका सबै समाचार र लेखहरूको जिम्मेवारी मैले लिनुपर्छ। यदि मेरो लेखाइले पत्रकार आचारसंहिता यो वा त्यो ढंगबाट कुल्चिन्छ र समाजमा नकारात्मक असर पारेका छन् भने गर्नुहोस् मलाई खबरदारी र कानुनी उपचार। प्रभावअनुसार म माफी माग्न, पेसाबाट पलायन हुन, जेल जान र मृत्युको सजाय भोग्न पनि तयार छु। तर, सच्चाइको मार्गभन्दा एक इन्च तलमाथि गर्दिन। डराउँदिन गल्तीबिना फोनबाट आउने धम्कीबाट पनि। सिन्दूर लाउँला नलाउँला, त्यो मेरो कुरा हो तर कारणबिना झुकेर माफी माग्दिन। र, रहर पनि छैन मलाई आफ्नो नाम मृतक पत्रकारको सूचीमा चढाउन।
सँधै ‘स्वतन्त्र प्रेस, सुरक्षित पत्रकार’को नारा फलाक्दै पत्रकारिता पेसामा लामबद्ध भएका दर्जनौ पत्रकार, जसले बाध्यकारी परिस्थिति आएपछि अन्याय अत्याचारका विरुद्धमा लड्दालड्दै मृत्यु भोगे, सलाम गर्छु ती वीर कलमजीवीहरूलाई। म आफ्नो मर्यादा र पेसाप्रति संधैं निष्ठावान रहेर काम गरिरहेको छु र यो यात्रा निरन्तर रहने छ।
नगर मलाई फोन। तिम्रा शब्द सुन्न मलाई फुर्सद र रहर छैन। न त कहर छ, तिम्रो बाध्यकारी अवस्था स्वीकार्न। यथार्थको गहिराइमा डुबेर बस्छु बरु, अहँ तिम्रो धम्क्याइले हुँदिन पेसाबाट पलायन। थप ऊर्जा प्राप्त भएको छ, मानिसहरूका मनभित्रका रहरहरू मनभित्रै सीमित पार्ने विवशतालाई लथालिंग र भताभुंग पार्न अनि बाध्यकारी जन्जिर चुँडाल्न। नम्बरविहीन कल आएकाले नम्बर उल्लेख गर्न सकिएन। त्यसैले पनि यही र यो निकायको मान्छे भन्न गाह्रो छ। तर, मेरो लेख तीर्थाको सिन्दूर अनि माओवादी पार्टीसँग गाँसिएकाले र फोनमा पनि यदुको ठाउँमा पुर्याइदिउँ भन्ने अभिव्यक्तिले अब अनुमान गर्न कसैलाई गाह्रो पर्दैन होला।
के-के न गरौंला, कस्तो न कस्तो होला भन्ने जस्तो गरेर क्रान्तिको भ्रम र्छर्दै सुहाउनु न बसाउनुको आडम्बरले सबै मानिस, संस्कृति र पेसालाई कुरुप बनाइयो। युद्धबाट आक्रान्त र निसास्सिएर आएको भोको स्याल एकातिर आहाराको खोजीमा कलमजीविहरूलाई प्रयोग गरिँदैछ, अर्कोतिर असली लोकतन्त्रको ढ्वाङ फुकिँदैछ। यो त अलि मिलेन कि कमरेड -
जसले प्रेस स्वतन्त्रताको पक्षमा दरिला मुट्ठी उठाएर गुलिया शब्दमा चोटिला भाषण गर्छन्, उनीहरूबाट नै कलमजीविहरूको घाँटी रेटिएका छन्। कस्तो भयो होला – आफ्नै सहयोद्धाको लास डोकोमा बोकेर थन्क्याउँदा शिविरमा रहेका लडाकूलाई सोध। त्यस्तै हुन्छ सँगै कलम चलाएकाहरूको मृत्यु, बेपत्ता, कुटपिट र धम्किको कुरा सुन्दा। प्रेस स्वतन्त्रताको नारामा सबै पार्टी संगठन, संस्थाहरूले ऐक्यबद्धता जनाए। सबै कार्यान्वयनको प्रक्रियामा छन् होला। तर, जसले कार्यान्वयन नभएको भन्दै दोष अरूलाई थुपारेर आफू पानीमाथिको ओभानो बन्न खोज्दैछन्, उनीहरूबाटै हिजो पत्रकारले ज्यान गुमाए आज पनि त्यो खतरा मरेको छैन। देशमा पटकौं पटक फरक-फरक नेतृत्वमा सरकार बने तर पत्रकारका लागि भने ‘जुन जोगी आए पनि कान चिरिएका’ भन्ने उखान सावित भयो। कसैले पनि पत्रकारको आधारभूत कुराको पूर्ति र सुरक्षा गर्न सकेन।
समाज र देशका लागि दिनरात जोखिम मोलेर कलम, क्यामरा र कम्प्युटर चलाइरहेका दुई दर्जन सञ्चारकर्मीले बिनाकारण मृत्युसँग सम्झौता गर्नु पर्यो। मलाई पनि लेख लेखेकै आधारमा ज्यान मार्ने धम्कीहरू आइरहेका छन्। कसरी पो गरुँला र मृत्युसँग सम्झौता त ? यदि मेरै कमजोरी रहेछ भने त सबैतिरबाट बेवास्ताको सिकार बनिएला, नत्र त मेरो पेसाको सुरक्षाका लागि नेपाल पत्रकार महासंघ लगायतका निकायहरू छन नि। जन्मदिने आमाको मात्र नभएर टीका विष्ट त रुकुम, राप्ती र सिंगो नेपालकै छोरी हो। रुकुममा जन्मिएर यहाँकै हावापानीले हुर्किएको हुँदा यसै पनि मैले रुकुमको माटोको ठूलो ऋण बोकेकी छु। त्यसैले आमा-बुबा, परिवार, आफन्तमात्र नभएर अब टीकाबाट जिल्ला, अञ्चल र देशले केही आस गरेको हुनुपर्छ र मैले पूरा परिश्रम गर्नुपर्छ। तर, यात्राको सुरुवातमै मृत्युसँग हस्ताक्षर गर्नुपर्छ भन्ने तँ को होस् ?
tikanewsrukum@gmail.com
(पत्रकार टीका विष्टलाई अज्ञात समूहले आक्रमण गर्नुअघि आफूलाई आएको धम्कीका बारेमा लेखेको यो लेख २२ मंसिरमा रुकुमबाट निक्लने जन्तीधारा साप्ताहिकमा छापिएको थियो। यसै पत्रिकामा ‘किन चाहियो तीर्थाको सिन्दूर माओवादीलाई’ शीर्षकमा लेख छापिएको थियो जसका कारण उनलाई ज्यानको धम्की आएका थिए। हाल विष्टको उपचार काठमाडौँमा हुँदैछ)

Friday, October 2, 2009
Saturday, September 26, 2009
Friday, September 25, 2009
इजरायलमा दशैँका अबशरमा सम्युक्त साँस्कृतिक कार्यक्रम (केहि झलकहरू)
नेपाली महान पर्ब दशैँका फुलपाती तिथीका साँझपख इजरायलमा
तेलअभिबस्थीत लेबेन्स्की पार्कमा बास्केटबल ग्राउण्डभित्र सम्पन्न कार्यक्रमका अबशरमा केहि तस्बिरहरू र बृतचित्र समेत तल दिएकाछन् जस्मा नेपाली नृत्यतर्फ रीता बाँनिया र मीलन राइद्वारा प्रस्तुत नृत्यले सबै देशका दर्शकहरूलाइ मन्त्रमुग्घ बनाउन सफल देखिन्थे ,यसरी नेपाली साँस्कृतिक कार्यक्रम प्रबाशी इजरायलमा प्रदर्शन गर्नुहुने दुबै नृत्याङगनाहरू प्रति यस बेभ पत्रिका तथा इजरायल स्थीत सबै नेपालीहरूका तर्फबाट चिरायु र दिर्घायुकालागी हार्दिक मंगलमय शुभकामना र धन्यबाद ।
बृतचित्र हेर्नुस्

Friday, September 18, 2009
दशैँको शुभकामनाको बृस्तित (अपडेटीङ)

भन्दाभन्दै यस पटकको दशैँ पनि आइसकेको छ। आज आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन नेपालीहरुले दशैँ मनाउने गर्छन्। तर अहिलेको जमानामा दशैँलाई यत्रो दिन मनाउन छाडेर सर्टकर्ट मनाउने प्रयास सुरु भएको छ। अब विदा पनि घटाउने प्रयास भइरहेको छ। आज घटस्थापनाको दिनदेखि सुरु हुन्छ दशैँ।
अब दशैँको शुभकामनाको एउटा प्रसंग पनि। दशैँको शुभकामनाका क्रममा मानिसहरु भन्ने गर्छन् विजया दशमीको शुभकामना। यो भन्नुको अर्थ हो दशमीको एक दिन मात्रै। हामी त पूरै पन्ध्र दिनको थोक शुभकामना पो दिन्छौँ त। थोकमा दशैँको शुभकामना दिन छाडेर कहाँ खुद्रा विजया दशमीको दिने हो र ! त्यसो त यसपालि हाम्रो शोक परेको कारण दशैँ छैन। तैपनि तपाईँहरु सबैलाई दशैँको शुभकामना छ है।

Sunday, September 13, 2009
केहि गजलहरू

१,गजल -श्याम
तिमीसंग चॊखॊ माया लाइदिउँ जस्तॊ
उराठ छ जीबन बसन्त छाइदिँउ जस्तॊ ।।
तिम्रैलागी मायाप्रीती खुशीयाली बाड्न
दिलखॊलेर एउटा गजल गाइदिउँ जस्तॊ ।।
बिपनीमा फुर्सद हुन्न भेट्न तिमीलाइ
सपनिमै लुकिछिपी आइदिँउ जस्तॊ ।।
माया भयॊ गाढा तिमी टाढा हुँदा
हरपल तिम्रै छेउमा जाइदिँउ जस्तॊ ।।
आनन्दकै अनुभुती तिम्रै अंगालॊमा
श्यामकर्णमै च्वाप्प म्वाँइ खाइदिँउ जस्तॊ ।।

२,गजल -श्याम
उदाश ति जीबन प्रेमकै फल फलाइदिँउ की
शान्त छन् मन मायाकै हुरी चलाइदिँउ की ।।
कठीन हुन्छ यहाँ एक्लै जीबन बिताउन
गुम्सीयका आत्मामा प्रेमज्वाला बलाइदिँउ की ।।
जातभातकै घुम्टॊ ओढी समाजकै बन्धनमा
निराशाकै मध्यरातमा आशादिप जलाइदिँउ की ।।
रूडीबादी समाज यहाँ सुधार्नलाइ प्रेमबिबाह
जरॊ किल्लै छुवाछुतकॊ नौनारी गलाइदिउँ की ।।
हिम्मत त्याग गर्नुपर्छ अजम्मबरी माया गाँस्न
श्यामश्वेतमा भेदहैन मन्दमुस्कान पलाइदिँउ की ।।
३,गजल-श्याम
सीमल झैँ कॊमल तिम्रा रूप रंग
सपनिमा देख्छु अनि बिपनिमा दंग ।।
माधुर्य कॊइलीकै मन्द मुस्कान पनि
टाँस्न पाएहुन्थ्यॊ तिम्लाइ आफै संग ।।
मृग नयनी आहा बैशालु ति शरीर
कॊरीबाटी चिटीक्क केश मयूर पंख ।।
हरीणकै चाल अनि नृत्य अप्सराकै
दिनमा चयन छैन निन्द्रा पनि भंग ।।
चुनेँ जीबनसाथी स्विकारीदिए तिम्ले
चुमीरन्थेँ हरपल श्यामबर्ण ति अंग ।।
सुनिल संगम (गजल)
जती नयाँ आए पनि साल उस्तै उस्तै
कहाँ फेरियो देश यहाँ हाल उस्तै उस्तै
कस्तो होला होला भन्यो हेरी मख्खै पर्यो
बिज्ञापन पो फरक रैछ माल उस्तै उस्तै
आफ्नै भुँडी भर्दारैछन के को जनतालाई
जो गएनी सरकारमा चाल उस्तै उस्तै
पड्किदैछ अझै पनि मरेकै छ मान्छे
बन्दुक मात्र फरक रैछ नाल उस्तै उस्तै
शान्ति छायो भन्थें अब भेट्छु होला माया
नहुने भो संगम कठै ताल उस्तै उस्तै
गजलःकृष्ण सुबेदी
नजन्मिएपछी यहाँ
बुद्ध अर्को फेरि।
डर सधैं हुने हो कि
युद्ध अर्को फेरि।
रगर्तैमा हात हजुर
नचोप्ने को छ र?
दाबी गर्छ आफैँलाई
शुद्ध अर्को फेरि।
भजन गाउनुपर्ने हो
अझै क- कसको?
एउटा छ खुसी हुँदा
क्रुद्ध अर्को फेरि।
गजल
तिम्रो फोटो मुटु भित्र सजाएर राखेको छु
सपनीमा आउछौ भन्ने यादै यादमा बाचेँको छु ।।
लाग्छ हिजो तिमी हामी एउटै बाटो हिंडेका थियौ
त्यही पलको यादमा आज बाटो कुरि बसेको छु ।।
सम्झनामा सपनामा जता ततै आउछौ तिमी
तिमीलाई भुलाउन साझमा भट्टी पसेको छु ।।
तिम्रो यौवन तिम्रो जोवन भुलाउन सक्दिन म
तिनै जोवनलाई समेटेर एउटा गीत कोरेको छु ।।
तिम्रो फोटो मुटु भित्र सजाएर राखेको छु
सपनीमा आउछौ भन्ने यादै यादमा बाचेँको छु
,

गजल- "बडा दशै दिपावली सुख शान्ति छर्दै आवस"
बडा दशै दिपावली सुख शान्ति छर्दै आवस
प्रत्येकको घर्घरमा समृद्धिले भर्दै आवस ।।
पशुवध फाल्तु खर्च सांस्कृतिक विडम्बना
सुधारेर स्वच्छ अनि शालीनता धर्दै आवस।।
मंहगी र अभावले थिचिएको समयमासमाजका
दुःख पीडा व्यथाहरु हर्दै आवस ।।
धनी गरीब् सबैलाई समानता हुने गरी
उन्नति र प्रगतिको छत्रछायाँ पर्दै आवस ।।
सबैलाई मंगल्मय हार्दिक् शुभकामना छ
यसै गरी आत्मियता शंखघोष गर्दै आवस ।।
ईश्वर दाहाल कविजी
नवोदित साहित्यिक वाचनालय दोहा कतार
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
गजल - " तिमीलाई सलाम "-
गोपाल पौडेल,युएई
भीख मागी माया प्रिती, खनाउनेलाई सलाम,
वोल्लो घाट न पल्लो तीर,बनाउनेलाई सलाम!
फूलै फूलको भेश धारी,दीलको बगैचमा ,
मुटु घोच्ने काडा बनी,पलाउनेलाई सलाम!
पीरतीको जाल फिजाइ,बाटो छेकी छेकी,
बदनामको उल्टो तिर,चलाऊनेलाई सलाम!
प्रेम रुपी प्यालाभरी,बिष फिँजाएर,
बन्दूक बिना जिन्दगी नै,ढलाउनेलाई सलाम!
धोखै धोखा गाँठो पारी,कात्रो ओडाएर,
जिउँदो लाशको चीता बनाई,जलाउनेलाई सलाम!
वोल्लो घाट न पल्लो तीर,बनाउनेलाई सलाम!!!!

Subscribe to:
Comments (Atom)