-राधा अजबी-
वास्तवमा मैले चिनेकै छैन ऊ को हो भनेर। नाम, थर, ठेगाना, केही थाहा छैन। ऊ जो भए पनि मलाई के सरोकार। मलाई त निदाउने बेलामा उसको बोली चाहिन्छ। उसको सुमधुर हाँसो चाहिन्छ, जसले मलाई आनन्द दिन सहयोग गर्छ। उसको परिचय थाहा नभए पनि फोनमा गफ गर्न थालेको वर्षै भएछ। कहिलेकाहीँ भेट्ने आशक्ति बढेर आउँथ्यो, देख्ने इच्छा चुलिन्यो। तर हामीहरु पृथ्वीको दुई ध्रुवमा विभाजित थियौँ।
ऊ आफ्नै दुनियामा त म आफ्नै संसारमा थिएँ। खै कसरी उसले मेरो नम्बर पायो, म भन्न सक्दिनँ। तर जुन दिन आत्मीय भावको बोली सुनेँ, त्यसपछि मेरो मन चाहीँ ऊतर्फ दौडिन थाल्यो। राजधानीमा बसेर फोन, बाइक, पैसा, कम्प्युटरसँगै दौडिने उसको दैनिकी क्रमशः मसँग घण्टौ गफेर सन्तुष्टि लुट्न अभ्यस्त बनेको थियो। सम्पन्न परिवारको ऊ संभवतः मबाट के पाउने सोचमा थियो, म अनभिज्ञ थिएँ। तर जब रात छिप्पिँदै जान्थ्यो, म उसको फोनको प्रतीक्षामा आत्तिएकी हुन्थे।
शुरुवातका दिनमा उसले गर्ने सम्बोधन अप्ठ्यारो लागे पनि बिस्तारै उसको प्रिय बोलीमा डुब्दै गएकी थिएँ। दिन बित्यो, महिना बित्यो, वर्षौँ बित्यो, उसको नाम सोध्ने आवश्यकता समेत ठानेकी थिइनँ। न त उसले नै सोधेको थियो। मात्र सानुको सम्बोधन गर्थ्यो। आफैलाई नढाँटी भन्नुपर्दा मनले माया गर्ने ऊ कदापि हैन, मात्र बोलीमा अल्झिएकी थिएँ।
मौसम बदलियो, जाडो याम सकिएर बसन्त ऋतुको आगमन भयो। लेकमा राताम्मे लालिगुराँस, बेसीमा प्याउली, सुनगाभा र गुलाब फक्रिन थाले। प्रकृतिले नयाँ रुप फेर्दै थियो। हाम्रो सम्बन्ध पनि अझ कस्सिँदै थियो। म विवाहित हो भन्ने थाहा पाउँदापाउँदै पनि उसले मलाई माया गर्ने र नपाए मर्ने कुरा समेत गर्न थाल्यो। साथमा मलाई जे जस्तो अवस्थामा पनि स्वीकार्ने बतायो।
यसबारे म केही बोलेकी थिइनँ। सबै कुरा भेटेर बताउने सुरमा थिएँ। घरमा सानी छोरी थिई। श्रीमान विदेशमा हुनुहुन्थ्यो। सबै कुरा भेटेरै बताउँछु भन्ने सुरमा थिएँ। वास्तवमा एक्लोपनको सहारा बनेको थियो उसको फोन। उता श्रीमानसँग पनि बेलाबेलामा टेलिफोन वार्ता भैरहन्थ्यो। अचानक उसले भेट्ने कुरा बतायो। नयाँ वर्षको दिन सिद्घबाबा मन्दिर अगाडि भेट्ने निधो भो। साथमा मैले साथी पनि लान पाउने भएँ।ऊ कस्तो छ ? के भन्छ होला ?मेरो साथमा छोरी देख्दा के गर्ला ? यी र यस्तै प्रश्नसँगै समय बितेको पत्तै भएन। जब पहिलो पटक ऊसँग देखादेख भो, सेतो सर्ट, कालो पाइन्ट र कालो चस्मामा निकै सुन्दर देखिन्थ्यो। साथमा दुई जना साथी पनि थिए। जब उसले हेलमेट फुकालेर निकै सहज रुपमा आत्मीय भावले काखमा लियो, म बोल्नै सकिनँ। हल्का हाँसो सँगै बोल्यो —अञ्जु, अझै मलाई चिनिनौ ? म उही अनिल, जसलाई तिमीले कहिल्यै माया गरिनौ। मेरो मुटुले ठाउँ छोड्यो। संसार भासिए जस्तो भो। शरीर काँपेर थचक्कै बसेँ। छोरीलाई हेरेँ, अंकल अंकल भन्दै खेलिरहेकी थिई। विगत सम्झिएँ —एउटै कक्षामा पढ्ने अनिल, सदा पछि लाग्ने गर्थ्यो। उसले पठाएका अनेकौँ प्रेमपत्र मैले बिहेको अघिल्लो दिन च्यातेर फालेकी थिएँ। वास्तवमा मैले उसलाई कहिल्यै माया गरिनँ। चिठी पठाएको बहानामा स्कूलको मन्चमा लगेर सरबाट पिटाएकी थिएँ। फोनमा कहिलेकाहीँ श्रीमान्, घर परिवारका गल्ती र कमजोरी पनि उसलाई सुनाउने गर्थेँ। फोनमा गफ गर्ने अनिल यही नै हो भनेर विश्वास गर्न सकिरहेकी थिइनँ।
केही बेरपछि ऊ बोल्यो —अञ्जु, धेरै प्रयास गरेँ। तर तिमी बिना बाँच्नै सकिनँ। त्यसैले यो सब गरेँ। आज त तिमी तयार छौ हैन ? म तिम्रो सिउँदो अहिले तत्कालै भर्न चाहन्छु बिन्ती आज हुन्छ भन है। तिम्रो छोरीलाई तिमीले भन्दा माया गर्नेछु। आज पनि तिमीले नाइँनास्ती गर्यौ भने अब फेरि अनिललाई कहिल्यै देख्न पाउने छैनौँ। म केही बोल्न सकेकी थिइनँ। उसलाई सीधा नजरले हेर्ने साहस पनि थिएन। छोरीलाई समाएर आफ्नो बाटो लागेँ। अनिल रोक्ने प्रयास गर्दै थियो। म केही नबोली घर फर्केँ। उसलाई जवाफ दिन केही शब्द बाँकी थिएन मसँग। साँझ मोबाइलमा फोन गरेँ। स्वीच अफ थियो। आफूले चाहेको कुरा पाउनको लागि उसले गरेको चलाखिपन वास्तव मै तारिफयोग्य थियो। त्यस दिनदेखि अफ भएको उसको मोबाइल अहिलेसम्म खुलेको छैन। ऊ कहाँ गयो, के गर्दैछ मलाई वास्तवमा केही थाहा छैन। ऊ हराउनुमा मेरो दोष कहाँनिर छ, मलाई केही थाहा छैन।
मदनपोखरा, पाल्पा
Tuesday, August 18, 2009
यो जिन्दगीको खै के कुरा
गौतम दाहाल,अमेरिका
नदी जस्तै बग्न पाए
हावा जस्तै बहन पाए
कावा खाँदै आकाशमा उडी हिंड्नेचरा जस्तै उड्न पाए
आहा ! यो जिन्दगी कति बिन्दास हुन्थ्यो होला..........
म समयको कैदी भएर बाँचेको छु। अरुको खुशीमा हाँसेको छु। आफ्ना पीर,वेदनाहरुलाई आफैंभित्र लुकाएर फगत खुशीको नौटंकीमा हराएको छु। स्वार्थी संसारको जञ्जालमा घात,प्रतिघातको शिकार भएको छु पटकपटक। जसलाई विश्वास गर्यो उसबाटै बदलामा घात हुन्छ। सबैलाई आफैं जस्तो ठान्नु भूल हुँदो रहेछ तैपनि यो भूलबाट मुक्ति पाउन सक्दिन। अब त भयो यसो गर्दिन भन्यो स्वभावले त्यति कठोर बन्न सक्दिन अनि फेरि दोहोरिन्छ उही घात र अविश्वासको खेल। यो मैदानमा कतिले निकट भएर छक्याएर गोल गरे, कतिले मलाई मेरो सोझोपनको फाइदा लुटेर भकुण्डो बनाई प्रयोग गरे तैपनि जिन्दगी चलेकै छ। खै के कुरा गर्नु र जिन्दगीको।
जिन्दगीको परिभाषा सबैको आफ्नै किसिमको होला शायद। मेरा लागि जिन्दगी समयको सारथी मात्र हो। समयले लगाम समाएको छ,कैदी बनाएर थुनेको छ। त्यसैले म उम्कन सक्दिन,निस्कन सक्दिन समयको भयावह बहावबाट बाहिर। आफ्नै परिधिमा थेचार्छ,पर्छार्छ र लर्छार्छ समयले मलाई पटकपटक। समय यति कठोर बन्छ कि मेरो चिच्याहट र आर्तनाद केही सुन्दैन। यस्तो उकुसमुकुस र पीडाभित्र गुम्सिएर जिएको जिन्दगीले उन्मुक्ति पाएको क्षण मेरा लागि कति सुखद हुन्थ्यो होला - कल्पनामा मात्र समेत मन फुरुङ्ग हुन्छ।
जहाँ छु अहिले म एक्लो छु। जहाँ मेरा सबै छन् त्यहाँ म हुन सकिरहेको छैन। अनि सुन्नुपर्छ सबैका सबैखाले आग्रह र आशाका कुरा। बदलामा आफ्ना कुरा सुनिदिने छैनन् कोही कतै।
शुक्रबारको दिन, गर्मीको मौसम,सप्ताहन्तको कामको चाप। प्रायः शुक्रबार सबै व्यापारिक केन्द्रहरु व्यस्त नै हुने गर्छन्। हप्ताभरिको घण्टे जिन्दगीले पारिश्रमिक पाएपछि अमेरिकनहरु शुक्रबार किनमेल,बार,डिस्को,क्लव अनि थियटरहरुमा मनोरञ्जन लुट्न हतार गरिरहेका हुन्छन्। निक्षेप संकलन गर्ने लगायतका अन्य आर्थिक कारोवार गर्ने ग्राहकहरुको शुक्रबारे भीडभित्र म पनि कतै उभिईरहेको छु। लाईनमा पालो आएको छ। ग्राहकहरुसँग झर्को नमानी व्यवहार गरिरहेका कर्मचारीहरु हाँसीहाँसी सहजरुपमा सोधिरहेछन्, ‘आज साँझ के गर्दैछौं,कहाँ जादैछौं’ भनेर। अनि उनीहरु आफूहरुलाई पनि चाँडै बाहिर जान हतारो हुँदै गएको जानकारी पनि दिदैंछन्। सबैको आ आफ्नै धुन छ,आफ्नो एकोहोरो जिन्दगीको खै के कुरा।
कामकै व्यस्तताबीचको अर्को कुनै शुक्रवार। म अगाडि खडा छ कैलो जुँगा भरखरै छिप्पदै गएको माइक। ऊ बैंकमा काम गर्छ भन्छ, गर्लफ्रेण्ड र ६ महिनाकी छोरी छे। कुराकानीको क्रममा ऊ मेरो उमेर सोध्छ अनि प्रश्नमाथि प्रश्नले घोचिरहन्छ , ‘चुरोट पिउँछस् -” पिउँदिन। ‘ ‘डि्रङ्क्स गर्छस् - ‘ ‘गर्दिन। ‘ ‘गर्लफ्रेण्ड छ - ‘ ‘छैन। ‘ ‘कुनै सोसल लाइफ छ -’ त्यसपछि मेरो जवाफ सकिन्छ। मलाई घोचिरहन्छ ‘ तैंले के जिन्दगी जिएको छस् त - न कुनै सोसल लाईफ (स्मोकिङ, ड्रिङ्किङ , गर्लफ्रेण्ड,व्बाईफ्रेण्ड हुनु मात्र माइकको परिभाषामा सोसल लाइफ रहेछ।) छ न त कतै क्लब,बारतिर नै जान्छस् तँ के जिन्दगी जिउँछस् - ‘ माइकको यस्तो प्रश्नले मलाई पनि घोच्छ। तर म उसका अगाडि नाजवाफ छु। ऊ प्रस्ताव गर्छ,’हिंड् आज मसँग जाऔं र हेर् यहाँको संसार पनि। ‘ उसको आग्रहसहितको प्रस्ताव छ ‘म त वाइफलाई बेबी सिटिङ (बच्चा हेर्ने काम) मा छोडेर गर्लफ्रेण्डसँग जाँदैछु र तँ पनि जान्छस् भने म मेरो गर्लफ्रेण्डलाई भनेर तेरो लागि पनि गर्लफ्रेण्ड खोजिदिन्छु आजका लागि। कम अन एण्ड ह्याभ फन्।’ उसको कुरा सुनेर मुखभरिको जवाफ फर्काउन तयार हुन्छु, ‘छिः तेरो देश र समाजमा केटीहरु कति सस्ता भएका,खोज्ने बित्तिकै ग गर्लफ्रेण्ड पाइने। घरमा गर्लफ्रेण्ड अनि काममा छुट्टै। चाहिएन यस्तो गर्लफ्रेण्ड मलाई।’ तर उसलाई यतिमै जवाफ फर्काएँ ‘प्रस्ताव र आग्रहका लागि धन्यवाद तर म अहिले यो सबका लागि इच्छुक छैन।’ यो समाज आफैं कुन जञ्जालमा जेलिइरहेको छ अनि मेरो यो जिन्दगीको मात्र खै के कुरा।
साँझ कामबाट थकित भएर घर फर्कने क्रममा भेटिएकी उनी चुरोटको सर्को तान्दै र एकापटि्ट कानमा फोनको मुन्द्रा झुण्ड्याएर कुरा गर्दै आफ्ना बालबच्चा र लोग्नेप्रति गुनासो गर्दैछिन्। लोग्नेको लागि जाबो एक प्याकेट चुरोट किनिदिनु परेकोमा उनको गुनासो अनि नावालग छोराछोरी १६ वर्षनपुगेकोमा चिन्ता। त्यतिमात्र कहाँ हो र - सबैभन्दा कान्छो १४ वर्षो छोरोले त १६ वर्षछि पनि आमासँगै बस्ने कुरा गर्यो भनेर उनको ब्रहा्राण्ड तातिएको रहेछ। भन्छिन् ‘यत्रो वर्ष पालें,हुर्काएँ अब १६ वर्षछि त घर छोडेर जान्छ र मलाई कुनै दुःख हुँदैन, हाइसञ्चोको जिन्दगी बिताउँछु भनेर सोचेको त १६ वर्षछि पनि घर नछाड्ने पो भन्छ अनि रीस उठ्दैन त - कसले तिर्ने उसको बर्साईको भाडा - कसले तिर्ने बिल र ग्रोसरी - अनि ट्युसन फि - अनि मैले उसलाई किन पालेर राख्ने -’ बच्चाको बावु को हो,कहाँ छ - बच्चालाई थाहै छैन अनि अनि आफैंले जन्म दिएर हर्ुकाएको कोखको सन्तानलाई उल्टो घरबाट निकालेर हाइसञ्चोमा जिन्दगी बिताउँछु भन्ने आमाहरु ! हाय !, यस्तो नकच्चरो समाजभित्र यो जिन्दगीको खै के कुरा।
एकपटक बहालवाला अर्थमन्त्री डाक्टर रामशरण महत बाल्टिमोर आईपुगेपछि फोन सर्म्पर्क भयो। आफू काममै व्यस्त भएकोले भेट्न अनुकूल नहुने भो भनेर मात्र कुराकानी भयो। दिउँसो त एकजना स्थानीय व्यक्तिमार्फ् उहाँ काममै पो आईपुग्नु भएछ। नेपाली मानसकिता आफुलाई अलि अप्ठ्यारै लाग्यो कामको व्यस्तता र असिनपसिन बीच देशको अर्थमन्त्रीका सामु कामकै पहिरनमा। हत्तपत्त हातमुख धोएर लुगा फेरेर बाहिर निस्कें, संकोच त छँदै थियो सहज वातावरण डाक्टर महत आफैंले बनाईदिए, ‘मलाई पनि थाहा छ विदेशको भूमिमा काम गर्नुको पीडा, म पनि विदेशमै बसेर पढेको। ‘ यति भनेपछि कमसेकम विदेशमा हुनुको पीडा र बाध्यता बारे देशका अर्थमन्त्री जानकार रहेछन् भनेर बुझ्नु गलत भएन। तर उनले सधैं युवाहरुलाई वैदेशिक रोजगारीमा धकेल्ने गलत योजना मात्र ल्याए बदलामा हामी जस्ता नेपालमै अवसर खोज्नेहरुलाई आकषिर्त गर्ने कुनै योजना सुन्न र पढ्न पाईएन। अनि निराशाका बीच यो जिन्दगीको खै के कुरा।
अमेरिकालाई सुनको पिंजडा ठान्ने नेपाली चलचित्रकी नायिका पूजा चन्द एकपटक करिश्मा मानन्धरका पति विनोद मानन्धरलाई आफूले काम गर्ने ठाउँ देखाउने क्रममा लिएर आइन्। मलाई अलि अप्ठ्यारो लाग्यो। तर विनोदजीले संभवतः मेरो त्यही अप्ठ्यारोपनलाई बुझेर नै होला सहज भएर भने किन अप्ठ्यारो मान्ने - जहाँ जसरी भएपनि कामको सम्मान पाउनु भएको छ। यति भनेपछि सहज भयो। आखिर उनी पनि बेलायती भूमिमा काम गरेर नेपाल गएका त हुन् नि। अझै पनि उनका परिवारका अधिकाँश सदस्यहरु बेलायतमै काम गर्छन्। तर आफ्नो भने कुरै बेग्लै।
भिन्न समाज,भिन्न परिवेश,भिन्न कामको प्रकृति,भिन्न संसार अनि सबैभन्दा बढी भिन्नता हो लामो समयसम्मको पारिवारिक पुनर्मिलन नहुँदाको एक्लो र निरस जिन्दगी। अनि यो जिन्दगीलाई कैदी बनाएको छ पूजाकै शब्द सापटीमा सुनको पिंजडाले। यस्तो पिंजडाभित्र कैदी यो जिन्दगीको खै के कुरा।

Sunday, August 2, 2009
Friday, July 31, 2009
इजरायलमा Deportation तिन महिनालाइ स्थगीत
३१ जुलाइ २००९,
श्याम ,इजरायल ।
http://www.nnchautari.com
इजरायलमा बिगत जूलाइ महिनादेखि सनसनिपूर्ण खबर र अगष्ट ०१ देखि बिदेशीकामदारहरूका बच्चाहरूलाइ पक्राउ गरीने भन्ने प्रबाशी नागरीकहरूका बच्चाहरू बिरूद्दमा लादिएका नियम इजरायल सरकारकै सबैपक्षहरूद्वारा असहमतिपुर्ण नयाँ नियम मानियका हुनाले केहि समयका लागी बिचाराधिन गर्नै पर्ने भनि ३१ जुलाइदेखि लागु हुनेगरी Deportation तिन महिनाकाे लागी स्थगीत गरीएकाे छ ।
यस्बाट बिश्वमा भएका जन्मसिद्द अधिकार र बालअधिकारका पक्षमा भएका सर्बमान्य सिधान्तहरू ,नजीरहरू र कानूनलाइ इजरायल सरकारले पनि सहमती जनाउनै पर्छ भन्ने प्रमाणीत संकेत समेत देखिन्छ साथै यस Deportation पुर्ण रूपमा राेकी कुनै निस्कर्ष निकाली जन्मभुमीबाट कुनै हालतमा पनि बच्चाहरूलाइ धपाउन हुदैन भन्ने अबधारणालाइ प्रष्ट पार्न अझ शसक्त रूपमा इजरायलीहरूलाइ जानकारी गराउन भाेली साँझ ७ बजे (०१ अगष्ट २००९) शनिबार तेलअभिब शहरकाे लेभेन्स्की पार्कमा भब्य जुलुस समेत प्रदर्शनी गरीने हटलाइन समाचारसूत्रले जनाएकाे छ ।
अन्तमा यस Deportation स्थगन हुनमा बिश्वभर मिडीया प्रस्तुती नै प्रमूख भएकाले सम्पूर्ण मीडीया सपाेर्टरहरूप्रति कृतज्ञता समेत प्रकट गर्दछु ।
श्याम ,इजरायल ।
http://www.nnchautari.com
इजरायलमा बिगत जूलाइ महिनादेखि सनसनिपूर्ण खबर र अगष्ट ०१ देखि बिदेशीकामदारहरूका बच्चाहरूलाइ पक्राउ गरीने भन्ने प्रबाशी नागरीकहरूका बच्चाहरू बिरूद्दमा लादिएका नियम इजरायल सरकारकै सबैपक्षहरूद्वारा असहमतिपुर्ण नयाँ नियम मानियका हुनाले केहि समयका लागी बिचाराधिन गर्नै पर्ने भनि ३१ जुलाइदेखि लागु हुनेगरी Deportation तिन महिनाकाे लागी स्थगीत गरीएकाे छ ।
यस्बाट बिश्वमा भएका जन्मसिद्द अधिकार र बालअधिकारका पक्षमा भएका सर्बमान्य सिधान्तहरू ,नजीरहरू र कानूनलाइ इजरायल सरकारले पनि सहमती जनाउनै पर्छ भन्ने प्रमाणीत संकेत समेत देखिन्छ साथै यस Deportation पुर्ण रूपमा राेकी कुनै निस्कर्ष निकाली जन्मभुमीबाट कुनै हालतमा पनि बच्चाहरूलाइ धपाउन हुदैन भन्ने अबधारणालाइ प्रष्ट पार्न अझ शसक्त रूपमा इजरायलीहरूलाइ जानकारी गराउन भाेली साँझ ७ बजे (०१ अगष्ट २००९) शनिबार तेलअभिब शहरकाे लेभेन्स्की पार्कमा भब्य जुलुस समेत प्रदर्शनी गरीने हटलाइन समाचारसूत्रले जनाएकाे छ ।अन्तमा यस Deportation स्थगन हुनमा बिश्वभर मिडीया प्रस्तुती नै प्रमूख भएकाले सम्पूर्ण मीडीया सपाेर्टरहरूप्रति कृतज्ञता समेत प्रकट गर्दछु ।
Wednesday, June 24, 2009
" नमस्ते नेपाल चौतारी " परीवार

२२ जून,२००९,इजरायल ।
प्रबाशी इजरायलमा नेपाली कामदार सहयोग मन्च,इजरायलद्वारा प्रकाशीत प्रथम नेपाली राष्टीय भाषामा
छापीएको नेपाल चौतारी मासीक पत्रीका बिगत लामो समय देखि ने.का.स.मन्चको सदस्यहरू बिचको आपसी मनमुटाब एबं अन्य प्राबिधिक कमी कमजोरी को बाबजुद प्रकाशन स्थगीत भइरहेकोमा हाल आएर गैह्र आवाशीय नेपाली संघ ,इजरायलकॊ बिशेष सक्रीयतामा इजरायलस्थित सम्पूर्ण नेपाली संघ,संगठन र समितिहरू समेतकॊ एक्वेबद्द सहायताका कारण नेपाली भावनामा एकरूपता ल्याइउन र हामी नेपालीहरूले बिदेशी भुमीमा एकजुट हुनैपर्छ भन्ने सुधारचेतनामुलक संकेतार्थ चाडै नै पुनः इजरायली प्रबाशमा नेपाली राष्ट्रीय भाषाकॊ मासिक पत्रिका प्रकाशन गरीने भएकॊ छ । अन्तमा पत्रकारीता र शीक्षालाइ पूर्णरूपमा राजनितिकरण गरी ब्यापारीक नबानाइयोस र यो त एक पबीत्र र निश्पक्ष खबर बाहक र शिक्षामूलक हुनु अपरीहार्य छ ।पुनश्चः इजरायली प्रबासमा नेपाल चौतारी र नमस्ते नेपाल चौतारी मासिक पत्रिका प्रकाशन स्थगीत भएपश्चात यस http://www.nnchautari.com/ द्वारा हामी इजरायल तथा अन्य देशमा रहेका कामदारहरूका ब्यस्त समयका बाबजुद पनि वेभ पत्रिकाकॊ माध्यमद्वारा बिश्वभर "नेपाल चौतारी " नामकरणलाइ अनबरत जीबन्त राख्ने प्रयास गरीरहेका छौँ तसर्थ यस ,सुधारेतनामूलक ,समझदारीपुर्ण, रचनामूलक, सबैकालागी साझा डीजीटल " नमस्ते नेपाल चौतारी " लाइ सम्पुर्ण पाठकबर्गहरूबाट बिगतमा झै भबिश्यमा पनि सदाबाहार माया,सल्लाह,सुझाब,रचना ,प्रतिक्रीया पाइरहनेछौँ भन्ने अपेक्षीत समेत छौँ ।धन्यबाद ।
http://www.nnchautari.com/
( " नमस्ते नेपाल चौतारी " परीवार )
प्रबाशी इजरायलमा नेपाली कामदार सहयोग मन्च,इजरायलद्वारा प्रकाशीत प्रथम नेपाली राष्टीय भाषामा
छापीएको नेपाल चौतारी मासीक पत्रीका बिगत लामो समय देखि ने.का.स.मन्चको सदस्यहरू बिचको आपसी मनमुटाब एबं अन्य प्राबिधिक कमी कमजोरी को बाबजुद प्रकाशन स्थगीत भइरहेकोमा हाल आएर गैह्र आवाशीय नेपाली संघ ,इजरायलकॊ बिशेष सक्रीयतामा इजरायलस्थित सम्पूर्ण नेपाली संघ,संगठन र समितिहरू समेतकॊ एक्वेबद्द सहायताका कारण नेपाली भावनामा एकरूपता ल्याइउन र हामी नेपालीहरूले बिदेशी भुमीमा एकजुट हुनैपर्छ भन्ने सुधारचेतनामुलक संकेतार्थ चाडै नै पुनः इजरायली प्रबाशमा नेपाली राष्ट्रीय भाषाकॊ मासिक पत्रिका प्रकाशन गरीने भएकॊ छ । अन्तमा पत्रकारीता र शीक्षालाइ पूर्णरूपमा राजनितिकरण गरी ब्यापारीक नबानाइयोस र यो त एक पबीत्र र निश्पक्ष खबर बाहक र शिक्षामूलक हुनु अपरीहार्य छ ।पुनश्चः इजरायली प्रबासमा नेपाल चौतारी र नमस्ते नेपाल चौतारी मासिक पत्रिका प्रकाशन स्थगीत भएपश्चात यस http://www.nnchautari.com/ द्वारा हामी इजरायल तथा अन्य देशमा रहेका कामदारहरूका ब्यस्त समयका बाबजुद पनि वेभ पत्रिकाकॊ माध्यमद्वारा बिश्वभर "नेपाल चौतारी " नामकरणलाइ अनबरत जीबन्त राख्ने प्रयास गरीरहेका छौँ तसर्थ यस ,सुधारेतनामूलक ,समझदारीपुर्ण, रचनामूलक, सबैकालागी साझा डीजीटल " नमस्ते नेपाल चौतारी " लाइ सम्पुर्ण पाठकबर्गहरूबाट बिगतमा झै भबिश्यमा पनि सदाबाहार माया,सल्लाह,सुझाब,रचना ,प्रतिक्रीया पाइरहनेछौँ भन्ने अपेक्षीत समेत छौँ ।धन्यबाद ।http://www.nnchautari.com/
( " नमस्ते नेपाल चौतारी " परीवार )
Subscribe to:
Posts (Atom)