तमलोपाद्वारा कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहने अवधारणापत्र पेश
राज्यपुनसंरचना अघि जनगणना गरिनुपर्नेकाठमाडौं, चैत २० दैनिकी- तराई मधेश लोकतान्त्रिक पार्टीले कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहने प्रस्तावसहित बिहीबार संविधानको अवधारणापत्र संवैधानिक समितिमा पेश गरेकोछ। तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अवधारणापत्र पेश गर्दै भने ´संसद्द्वारा प्रधानमन्त्री निर्वाचित हुनुपर्छ र कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहनुपर्छ।´ उनले हालको झण्डाप्रति कुनै आपत्ति नभएपनि गणतन्त्र पहिचान हुने नेपालको नयाँ झण्डा बनाइनुपर्ने प्रस्ताव गरेकाछन्।राष्ट्रप्रमुखको रुपमा संवैधानिक राष्ट्रपति रहने सबै सार्वजनिक क्षेत्रमा समावेशी सहभागिता धर्मनिरपेक्षतालाई अवलम्वन गरिनुपर्ने उनले बताए। उनले राज्यद्वारा सबैलाई सताइएको र मधेसी समुदाय त्यसमाथि झनै पीडित भएको जनाउँदै उपनिवेशको अवस्थाबाट मधेसी समुदायले मुक्ति चाहेको बताए।तमलोपा आत्मनिर्णयको अधिकारसहित स्वायत्त मधेसप्रदेश बनाइनुपर्ने पक्षमा छ। यसअघि मधेशी जनअधिकार फोरमले पनि आफ्नो अवधारणापत्रमा स्वायत्त मधेशप्रदेशको प्रावधान राखेको थियो।तमलोपाले राज्यपुनसंरचना अघि जनगणना गरिनुपर्ने केन्द्रमा माथिल्लो सदनको रुपमा लोकसभा र तल्लो सदनको रुपमा संघीय सदन रहनुपर्ने प्रस्ताव गरेकोछ।नेपाली र हिन्दी भाषा सरकारी कामकाजको भाषा हुनुपर्ने राजनीतिक दल सम्बन्धी प्रावधान संविधानमा स्पष्ट रुपमा राखिनुपर्ने पनि अवधारणापत्रमा उल्लेख छ।नेपाल सदभावना पार्टीले पनि बिहीबार तमलोपासँग मिल्ने गरी संसद्बाट निर्वाचित कार्यकारी अधिकारसहितको प्रधानमन्त्री हुनुपर्ने प्रावधानसहितको अवधारणापत्र पेश गरेको छ। पार्टीका तर्फबाट राजेन्द्र महतोले अवधारणापत्र पेश गरेका हुन्।राष्ट्रप्रमुखका रुपमा संवैधानिक राष्ट्रपति हुनुपर्ने प्रतिनिधिसभाबाट बहुमत प्राप्त हुने नेता प्रधानमन्त्री निर्वाचित हुने प्रस्ताव गरेको छ।सद्भावनाको अवधारणापत्रमा हिमाली पहाडी र मधेस गरी तीन प्रदेश बनाइनुपर्ने ती प्रदेशभित्र स्वायत्त या उपप्रदेशको व्यवस्था हुने राज्य सभा र जनप्रतिनिधि सभा गरी दुई सदनात्मक व्यवस्था अवलम्वन गरिनुपर्ने अवधारणापत्रमा उल्लेख छ।सद्भावनाले नेपाली र हिन्दीलाई संघीय प्रदेशकौ कामकाजी भाषाको रुपमा मान्यता दिनुपर्ने बाबु वा आमामध्ये एककौ नाताले नागरिकता दिनुपर्ने प्रस्ताव गरेको छ।नेपाल राष्ट्रिय पार्टीका अध्यक्ष केशवमान शाक्यले कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्ने अवधारणापत्र पेश गरेका छन्। उनले हाल कायम विकास क्षेत्रको नाममा पाँच प्रान्तको व्यवस्था हुनुपर्ने केन्द्रमा प्रधानमन्त्री नराखिने र प्रान्तको सरकार प्रमुखलाई प्रधानमन्त्री भनिने प्रस्ताव गरेको छ।बिहीबार समाजवादी प्रजातान्त्रिक जनता पार्टी चुरेभावर दलित जनजाति नेपाल राष्ट्रिय पार्टी नैपाल परिवार दल र लोकतान्त्रिक समाजवादी दलले आफ्नो पार्टीको अवधारणापत्र पेश गर्ने छन्।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment