बुधवार, 22 अप्रेल
एमाले अध्यक्ष झलनाथ खनाल भ्रमण छोट्याएर आज नेपाल फर्कने
मन्त्रिपरिषद् र माओवादी सचिवालय वैठकले कुनै निर्णय गर्न सकेन
अमेरिका, भारत र कांग्रेससहितका दलका दवाव बढेको माओवादी महसुस
सर्वदलीय छलफल गर्ने प्रधानमन्त्रीको प्रयास
राष्ट्रपतिको पत्र प्रति माओवादी असन्तुष्ट
राष्ट्रपतिद्वारा अन्य दललाई सहमतिमा लिन आज पनि प्रधानमन्त्रीलाई सुझावदीपक भट्टराई, काठमाडौं वैशाख ९प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबाट हटाउने सत्तारुढ माओवादीको योजनालाई सफल बनाउने/नबनाउने भन्ने जिम्मा सत्ता साझेदार नेकपा एमालेको हातमा आएको छ। माओवादीको बुधबार बिहान बसेको सचिवालय वैठकमा नेताहरुको मत वाझिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहितका अन्य दलसँग छलफल गरेर स्पष्टिकरण प्रकरणलाई टुंगोमा पुर्याउने बताएका थिए।वैठकपछि माओवादी नेता सीपी गजुरेलले देशभित्र र देश बाहिरबाट आएका दवावलाई मध्येनजर गरेर निर्णय गर्नका लागि केही समय लाग्ने बताए। "अमेरिका र भारतसहितका देशबाट पनि यस विषयमा टिकाटिप्पणी आएका छन्, निर्णय गर्दा अन्य दलसँग पनि छलफल गर्नुपर्छ भन्ने सुझाव प्रधानमन्त्रीलाई दिएका छौं," नेता गजुरेलले भने, "हामी ब्याक भएका छैनौं, अध्ययन गरेर मात्र स्पष्टिकरणको टुंगोमा पुग्न सल्लाह दिइएको छ।"एमाले भित्र भने यस प्रकरणमा फरक फरक मत आएका छन्। एमाले उपाध्यक्ष वामदेव गौतम र महासचिव इश्वर पोख्रेलसहितको खेमा प्रधानसेनापति माथि हुने सरकारी कारबाहीलाई साथ दिने पक्षमा छ भने उपाध्यक्ष विद्या भण्डारी र नेता केपी ओलीसहितको खेमा प्रधानसेनापति माथि हुने कारबाही रोक्न सार्वजनिक रुपमै अगाडि आएका छन्। एमालेमा ध्रुविकरण बढेपछि शनिबारसम्मका लागि चीन भ्रमणमा रहेका अध्यक्ष झलनाथ खनाल बुधबार राजधानी फर्कने तरखरमा छन्। बुधबारको मन्त्रिपरिषद् बैठक कुनै निर्णय नगरी सकिएको छ। बैठकमा प्रधान सेनापतिले दिएको स्पष्टीकरण सबै सदस्यलाई बाँडिएको र अन्य कुनै निर्णय नभएको सरकारका प्रवक्ता संचारमन्त्री कृष्णबहादुर महराले जानकारी दिए। सबै मन्त्रीले स्पष्टीकरण पत्र बढेपछि अर्को बैठकले यसबारे निर्णय गर्ने जनाइएको छ। यसअघि माओवादी सचिवालयको अनौपचारिक बैठक बसेको थियो। उक्त बैठकमा स्पष्टीकरण सम्बन्धमा आएको दबावबारे छलफल भएको थियो। माओवादी नेता सीपी गजुरेलले खासगरी अमेरिका र भारतले दिएको दबावबारे छलफल भएको जानकारी दिए। अर्का माओवादी नेता दीनानाथ शर्माले प्रधानमन्त्रीलाई यो समस्या चाँडो समाधान गर्न सल्लाह दिइएको बताए।पर्टी निकट विज्ञहरुसँग सल्लाह गरेर यसबारे अघि बढ्ने निक्र्यौल पनि छलफलले निकालेको छ। यसैगरी राष्ट्रपतिले पत्र पठाएकोबारे पनि छलफल भएको थियो। 'उनले मर्यादा उल्लंघन नगर्ने आशा गरिएको छ'- छलफलको निष्कर्षबारे शर्माले भने।यसैगरी स्पष्टीकरणको समर्थनमा बुधबार माओवादीले मुलुकभर प्रदर्शन गर्ने भएको छ।
Wednesday, April 22, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment