चैत ११ -
बहुऔषधि प्रतिरोधी क्ष्ायरोग -एमडीआर) रोगीले सदरमुकाममै उपचार पाउन थालेका छन् । यसअघि रोगी लाखौं खर्चेर राजधानीसम्म जान बाध्य थिए ।
राजधानीमा मात्र यो सेवा सीमित रहेकाले जिल्लाका धेरै रोगी उपचारबाट वञ्चित थिए । एमडीआर सेवा मकवानपुर हेटौंडा अस्पताल र मनहरी प्राथमिक सेवा केन्द्रमा महिना दिनअघि सुरु भएको जनस्वास्थ्य क्षयकुष्ठ शाखा प्रमुख कपिलदेव झाले बताए । यहीँबाट १२/१४ रोगीले यो सेवा लिइसकेका छन् । रोगीहरू आर्थिक अभावले अहिलेसम्म उपचारविहीन थिए । केही महिनाअघिसम्म यो सेवा काठमाडौं, पोखरा, धनगढी र विराटनगरमा मात्रै पाइन्थ्यो । रोगीलाई सरकारले औषधि निःशुल्क दिएपनि खान र बस्ने व्यवस्था समस्याले रोग पालेर बसेको पीडितले बताए । लगातार दुई वर्षसम्म सम्बन्धित स्थानमै बसेर उपचार गराउनुपर्ने भएकाले यहाँका रोगी गरिबीका कारण कतै नगएर अकालमै ज्यान गुमाउन बाध्य थिए । सरकारले एमडीआर सेवा मध्यमाञ्चलको मकवानपुर, सर्लाही र धनुषामा सुरु गरेको छ । उपचार जिल्लामै गराए पनि रोगीले २ महिना लगातार औषधि सेवनपछि परीक्ष्ाणका लागि राजधानीस्थित क्ष्ायरोग केन्द्र जानुपर्ने बाध्यता भने अझै कायम छ । स्वास्थ्य परीक्ष्ाण गराउन जाँदा लाग्ने भाडा र खान बस्ने खर्च केन्द्रले सामान्य रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।
औषधि सेवनमा समस्या
सुर्खेत, ११ चैत -कास)- दैनिक औषधि सेवन गरे निको हुने क्षयरोग बिरामीले नियमित प्रयोग नगर्दा समस्या आएको छ । डट्स केन्द्र तथा सहायक केन्द्रमा औषधि सेवनका लागि नआउँदा उपचारमा गाह्रो भएको स्वास्थ्यकर्मीले बताए । विश्व क्षयरोग दिवसका अवसरमा मंगलबार वीरेन्द्रनगरमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्यले गरेको पत्रकार भेटमा स्वास्थ्यकर्मीले यस्तो जानकारी दिएका हुन् । क्षयरोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने डट्स कार्यक्रमअन्तर्गत अहिले ८ महिनाको औषधि ६ महिना नियमित खुवाउने गरिएको बताएको थियो । ८ महिनासम्म खानुपर्ने भएकाले निरन्तरता टुट्ने हुँदा ६ महिनामै सक्ने गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका महेश पुरीले बताए ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment