Wednesday, March 25, 2009

चौंसट्ठी वर्षेको एसएलसी

काठमाडौं, चैत ११ -
जन्म कुण्डलीअनुसार ६४ वर्ष टेकेका घनानन्द शर्मा घिमिरे एघारौं पटक एसएलसी दिँदैछन् । नागरिकतामा उनको उमेर ५८ वर्षको मात्र
छ । सेतै कपाल फुलिसकेका घिमिरे 'ज्योतिष सिद्धान्त शिरोमणि' उपाधिप्राप्त हुन् । उनलाई दक्षिण एसियाली ज्योतिष महासंघले उक्त उपाधि प्रदान गरेको हो ।
'ज्ञान प्राप्तिका निम्ति जुट्दैछु,' ललितपुर इकुडोल-९ का उनले भने, 'पास गरेरै छाड्छु । क्याम्पस धाउने रहर छ ।'
उनले इकुडोलस्थित विज्ञान प्रभा प्राविमा विज्ञान, स्वास्थ्य र शारीरिक विषय पढाउँदै आएका छन् । घिमिरे सरकारी विद्यालयको स्थायी शिक्षक हुन् । 'मैले ०२२ सालदेखि नै विभिन्न विद्यालयमा पढाउन थालेको हुँ,' उनले भने । पढाउन सुरु गरेको ८ वर्षपछि ०३० सालमा आएर उनी स्थायी शिक्षक बने ।
संस्कृतमा लघु कौमुदीदेखि चारै वेद पढेका यिनी 'ज्ञानको भोक मेट्न' एसएलसी दिन तम्सिएको बताउँछन् । 'ज्ञानको भण्डारलाई जहिल्यै सम्मान गनर्ुपर्छ, त्यसैले एसएलसी पास गर्न हत्ते हालिरहेको छु,' पटकपटक अनुत्तीर्ण भए पनि हत्तोसाही नभएको तर्क उनको थियो ।
घिमिरेले २०३४ सालमा पहिलो पटक एसएलसी दिएका थिए । त्यतिखेर नौ विषयमध्ये दुई सय पूणर्ांकको अंगे्रजी विषयमा उनी फेल भए । त्यसपछि बीचमा
दिँदै छाड्दै गरेँ । दुई वर्षदेखि
उनी प्राइभेट परीक्षार्थीका
रूपमा सहभागी छन् ।
गत वर्षको एसएलसीमा आठ विषयमध्ये अंंग्रेजी, गणित, विज्ञान र अर्थशास्त्र अनुत्तीर्ण थिए ।
'पहिले पारिवारिक झमेला थियो, अहिले चिना बनाउन र स्कुल धाउन व्यस्त हुँदा
एसएलसी उत्तीर्ण गर्न कठिन भइरहेको छ,' घिमिरेले भने ।
उनी यतिखेर साइँलो छोरा
आनन्द र बुहारीको कोठामा परीक्षाको तयारीमा जुटेका
छन् । 'बुवाले त्यति ध्यान दिनुभएजस्तो लागेको छैन,'
बुहारी सुशीलाले भनिन् । उनको कान्छो छोरासमेत स्नातक पढ्दैछन् ।

No comments:

Post a Comment